NCSC

Home                                                                                                                                                                 English version

नेपाली साहित्यगोष्ठी सम्पन्न
 
अक्टोबर २३,२०११ का दिन क्यानाडाको अल्बर्टा स्थित क्यालगरीमा प्रथम पटक नेपाली साहित्यगोष्ठीको भब्य आयोजना गरियो । महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०२औं जन्म जयन्तीको सन्दर्भ पारी मनाइएको सो गोष्ठी नेपाली कम्यूनिटी सोसाइटी अफ् क्यालगरी (NCSC) अन्तर्गत को साहित्यिक उपसमितिको अग्रसरता र उपसमिति संयोजक एवम साहित्यकार राजेन्द्र प्रसाइेको संयोजकत्वमा भएको थियो । क्यालगरी क्षेत्रका साहित्यकार  तथा सहित्यप्रेमीहरूको  व्यापक उपस्थितिमा कविता तथा निवन्ध प्रतियोगिता,लक्ष्मीप्रसाद देवकोटाका लोकप्रिय रचना वाचन तथा विभिन्न कवि कवयित्रीहरूद्वारा अप्रतियोगी कविता वाचन समेत गरिएको थियो ।
 
 महाकविको तस्वीरमा माल्यार्पण पछि नेपाली कम्यूनिटी सोसाइटी अफ् क्यालगरीका उपाध्यक्ष  भरत रेग्मीको स्वागतबाट शुरु भएको कार्यक्रममा साहित्यकार राजेन्द्र प्रसाइे,ऋषि बस्ताकोटी,अरुणकुमार श्रेष्ठ, रबिन शर्मा(ढुङेल),भरत रेग्मी,नवीन सुब्बा,देश सुब्बा, बिभू ओझा लगायतले अप्रतियोगी रुपमा बिबिध कबिताहरू बाचन गर्नुभएको थियो। उक्त कार्यक्रममा क्यालगरी बाहिरका स्रष्ट्राहरू क्रमश: डा गोविन्द सिंह रावत (टोरन्टो) , कुसुम कुसुम ज्ञवाली (टोरन्टो),एन पी खार्पाली (एडमन्टन ), मान काजी श्रेष्ठ भ्यांकुभर, र वासु शर्मा (लन्डन)बाट प्राप्त कविताहरू समेत वाचन गरिएको थियो । प्रतियोगी कविता तथा निबन्धहरु स्वयं रचनाकारहरुबाट बाचन गरिएका थिए । कार्यक्रममा एन आर एन क्यानाडाका अध्यक्ष  डा बिनोद के सी, क्यालगरी नेपाली कम्युनिटी सोसाइटीका उपाध्यक्ष झलेन्द्र श्रेष्ठ, मेघनाथ शर्मा लगायतक वक्ताहरुले नेपाली साहित्यमा महाकवि देवकोटाको जीवनी तथा साहित्यिक योगदान  र डायस्पोरामा नेपाली भाषा साहित्यको महत्वका बिषयमा चर्चा गर्नुभएको थियो । यो गोष्ठीमा साहित्यिक उप समितिका सदस्यहरू डा गणेश भन्डारी, कृष्ण भट्ट,कोपिला इंगनाम,बिन्दा ठकुरी,सुरेश थापा लगायतको उल्लेखनीय योगदान रहेको थियो ।
 
 एन आर.एन-क्यानाडाका भाषा साहित्य उपसमितिका सह-संयोजक कवि ऋषि बस्ताकोटीको संयोजकत्वमा गठित पाच सदस्यीय निर्णायक मण्डलको निर्णय अनुसार कवितामा सुष्मा खनाल प्रथम, भुवन पराजुली द्वितीय  र युक्त खान ठकुरी तृतीय हुनुभयो भने निवन्धमा क्रमश: सीमा कार्की, कोपिला इंगनाम र बिन्दा ठकुरीले प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्नु भएको थियो । पुरस्कृत प्रतिभाहरूलाई कार्यक्रमका प्रमुख अतिथी एन आर एन क्यानाडाका अध्यक्ष डा बिनोद के सीले पुरस्कार बितरण गर्नु भएको थियो । कार्यक्रममा यसै बर्ष निधन भएका साहित्यकारहरू डायमण्ड शमशेर राणा,गोबिन्द भट्ट,कवि केबलपुरे किसानप्रति श्रध्दान्जली अर्पण गरिएको थियो । कार्यक्रमको अन्त्यमा एन सी यस सी का अध्यक्ष जगदीश चापागाईंले कार्यक्रममा सहभागी तथा कार्यक्रम आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि साहित्यिक कार्यक्रमहरूले निरन्तर पाउनुपर्ने कुरामा जोड दिनुभएको थियो । सो कार्यक्रमको छायांकन तथा समाचार संयोजन  कृष्ण  भट्ट र ध्रूब त्रिपाठीले गर्नु भएको थियो ।

Photo Slides

 

Video

 

 

 

 

HTML Comment Box is loading comments...

© Nepalese Community Society of Calgary (NCSC) 2008