NCSC

Home                                                                                                                                                                 English version

क्यानाडाको क्यालगरीमा उमङ्गका साथ् होली पर्व मनाइयो

 

हिन्दुहरुको महत्वपूर्ण पर्व होली क्यल्गरीमा बस्ने नेपाली हरुले पनि मार्च २०, २०११ का दिन हिन्दु मन्दिरमा जम्मा भई अत्यन्त हर्षोल्लासका साथ् मनाए । विभिन्न पौराणिक एवं प्राचीन कथाहरु बोकेको यो रंगीन पर्व बशन्त ऋतुको नवपालुवा संगै नेपाल तथा विभिन्न मुलुकहरुमा राष्ट्रिय पर्वको रुपमा मनाइन्छ । नेपालमा जुनसुकै धर्म मान्ने जाति समूहहरुमा यो पर्व उल्लासका साथ् मनाउने चलन छ ।आफ्नो मातृभूमिबाट टाढा आएपनि आफ्नो सांस्कृतिक परम्परा तथा पहिचान जोगाउन क्यल्गरीमा बस्ने नेपालीहरुले पनि त्यसै अनुरुप सो पर्व उमङ्गका साथ् मनाए l  करीब एक सय को संख्यामा जम्मा भएका महिला तथा पुरुषहरुले एक अर्कालाई रंग अबीर लगाई नाच गानका साथ् होली मनाए । सो कार्यक्रम श्रीमती इन्दिरा उपाध्यायको सक्रियता एवं  संयोजनमा आयोजना भएको थियो ।

- कृष्ण भट्ट  

Photo Slides

Video Part 1 of 2

 

Video Part 2of 2

HTML Comment Box is loading comments...
© Nepalese Community Society of Calgary (NCSC) 2008